काठमाडौं, २७ फागुन । विद्यार्थीसँग घुस लिने भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पब्लिक हेल्थ संकायको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका परीक्षार्थीलाई उर्तिण गराइदिने भनेर त्यसरी घुस खाने गरेको पाइएको हो ।
महानगरीय प्रहरी परिसर टेकुबाट पाएको सूचनाको आधारमा अख्तियारले छानवीन गर्दा शाहिले साथी अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोरासँगको मिलोमतोमा यस्तो कार्य गर्ने गरेको खुलेको हो ।