Indrenionline.com

सर्वोच्चको आदेश : सीके राउतलाई रिहा गर

काठमाडौं, २३ फागुन । राज्यविरुद्ध संगठित कसूर गरेको आरोप लागेका डा. सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विहीबार राउतलाई थुनामा राख्ने तल्ला अदालतका आदेश नमिलेको उल्लेख गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।

राज्यविरुद्ध संगठित अपराध गरेको आरोप लगाई राउतलाई केही महीना अघि सरकारले पक्राउ गरी मुद्दा दायर गरेको थियो । रौतहट जिल्ला अदालतले राउतलाई थुनामा राखेर मुद्दाको कारवाही अगाडि बढाउनु पर्ने निर्णय गरेको थियो । सो निर्णयलाई उच्च अदालतले सदर गरेपछि राउतले सर्वोच्चमा निवेदन दिएका थिए ।