इन्द्रेणी संवाददाता
दाङ, २३ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको आह्वान गरेको राप्ती बन्दका कारण साविह राप्ती अञ्चलका पाँच जिल्ला ठप्प भएका छन् ।
बन्दका कारण दाङबाट छुट्ने छोटो तथा लामो दुरीका यातायातका साधन सञ्चालनमा आएका छैनन् भने शैक्षिक संस्था बन्द छन् । बजारहरु बन्द छन् । यातायात बन्द भएपछि यात्रुहरुलाई गन्तव्यमा पुग्न असज भएको छ । नेकपाका राप्ती व्यूरो इञ्चार्जले विज्ञप्ति निकालेर आफ्ना कार्यकर्तालाई निसर्त रिहाइ गर्नुपर्ने माग गरेका छन् ।
दाङ, रोल्पालगायतका क्षेत्रमा पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई निसर्त रिहाइ नगरिए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।