कैलाली, २२ फागुन । टीकापुर हत्याकाण्डमा संघीय सांसद रेशम चौधरीलाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतको फैसला अनुसार जन्मकैद हुनेमा रेशमलाल चौधरी, हरिनारायाण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह सिताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरी रहेका छन् ।
यस्तै जिल्ला अदालत कैललालीले श्रवण चौधरीको हकमा भने नाबालक भएकाले सजाय आधा गर्दै १० वर्षमात्र कैद हुने फैसला गरेको छ ।