Indrenionline.com

भारी बर्षातका बेला पनि पानीका मुहानहरु सुके पछि

उदय के.सी.
रुकुम, असार २२– रुकुम जिल्लाका उत्तर पूर्वी क्षेत्रमा पर्ने प्वाङ गाविसका चार वटा मुहानहरु असार दोस्रो साताभित्रएका एक सदाबहार पानीका मुहानहरु भारी बर्षात पछि सुकेका छन् । प्वाङ गाविसको वडा नं ३ मा पर्ने घुमे मुल, ८ मा पर्ने पेदीखोला, तिप्तारा, एवं नायगाडका मुहानहरु एक थोपापानी नभेटिने गरि सुकेका छन् । जतिसुकै सुख्खा खडेरी परेपनि नसुक्ने पानीकामुहानहरु यस पटक सुकेको देख्दा गाउँलेहरु तिन छक परेकामात्रै छैनन्, शुद्ध खानेपानीको समस्याबाट बञ्चितभएका छन् ।

चैत्र, बैसाख महिनामा भिन्दाभिन्दै करिब ४ ठाउँबाट लागेको बन डढेलोले प्वाङ गाविस को कुल क्षेत्रफलको करिब ८५ प्रतिशतभन्दा बढि क्षेत्रफलको बनजंगल जलेर नष्ट भएको र जेष्ठ अन्तिम देखि शुरु गरेको भारी बर्षा भएको दिन बाट उल्टै पानीका मुहान बढ्लानभन्ने बेलामा क्रमशः सुक्दै गएर आषाढको पहिलो हप्तामै चारवटै मुहानहरु एकै साथ सुकेको ईलाकाप्रहरी कार्यालय प्वाङकाप्रहरी सहायक निरिक्षक कर्णविर चौधरीले बताउँनुभयो । बनजलेर परिनत भएको खरानी यसरी एका एक भारी बर्षा हुँदाउक्तजलेको बन बाट जथाभावी रुपमा पानीका छहराहरु, भेलहरु, बाढीको रुपमाआएकाले र उक्त खारानीपानीले पानीकाश्रोतहरु बन्दगरिदिएको हुन सक्ने कुरा बताउँनु हुन्छ भू.पु. गाविस सचिबतथा स्थानिय बासी दिलबहादुर बोहरा । “खोलानाला बढेर तर्न नसकिने भैसके तर किन पानीकामु हानपूनः फुटेनन यो त अचम्मभयो” स्थानियएमाले कार्यकर्ता एवं भूपु गाविस उपाध्यक्ष देबराज खड्का अचम्मीतहुँदै भन्नुभयो ।

मेरो जिन्दगीमै यी पानीका मुहान नसुकेको र उक्त कुरा कहिल्यै पनि नसुनेको कुरा बताउँनु हुन्छ ८४ वर्षिय जेष्ठ नागरिक भागीमण खड्का । कतै पानीभासियो पो की कोदालो, गैंटीले १ डेर मीटर गहिरो खन्दा पनि पानी नभेभिएको दुखेसो पोख्नुहुन्छ स्थानिय बासी ध्रुबसिं खड्का । अहिले नेटा, मोराबाङ, कोटघारी, तिप्तारा बस्तिकाकरिब ४६ घर धुरीहरु शुद्ध खानेपानीबाट बञ्चितभएका छन् । हाल असारको महिना सम्मलाई सानी भरीको किनारमा रहेको जरुवापानीको मुहान बाट पानीखाँदै आईरहेका छौं त्यस पछि त नदी बढेर पुरिहाल्छ त्यसपछि कहाँको पानी खाने होलाभन्ने ठूलो चिन्ता रहेको गाउँबासीको साझाचिन्ता छ । उक्त जरुवा मा पानीलिनआउँन जान करिब १५ मीनेट देखि १ घण्टाको समय लाग्छ । साना बालबलिका तथा बृद्ध बृद्धालाई त पानी लिन निकै कठिन रहेको, चिप्लिएर नदिमा पर्लान, लड्लान भन्ने चिन्ता रहेको एलजी सी डी पीका सामाजिक परिचालक गणेश कुमार खड्का ।

पानी परेको बेलामा तथा नपरेको बेलामा पनि खोलानिकै धमिलो आईरहेकोले खाने पानीको विकल्प नरहेको र तुरुन्तै खानेपानीको ब्यवश्था गर्न पनि करिब ५ किलोमिटर भन्दा बढि पानी मुहान रहेको र योजना पनि महंगो हुने अँकलन छ गाविस सहायक कृष्ण बहादुर खड्काको । तत्कालै शुद्ध खानेपानीको बैकल्पिक ब्यवश्था गरिएनभने मानिसहरु खोलाको धमिलो तथा दुषित पानी खानबाद्यहुने र यस बाट झडापखाला, आउँमासी, पर्ने जस्ता समस्याहरु देखा पर्न सक्छ भन्नुहुन्छ प्वाङ गावि स स्थीत स्वास्थ्य चौकी प्रमुख सिनियर अहेब धनबहादुर के.सी ।

क्रमश पानीकामुहान सुक्दै जाने क्रम रहेको र उक्त कारण जथा भावीवन फडानी गर्ने, अनियन्त्रितबन डढेलो, खुल्ला चरिचरण गर्नाले जलवायु परिवर्तन हुन गएकाले यस्तो समस्या भएको र यसलाई नियन्त्रण गरिएनभने अभm बढ्न सक्ने चेतावनी दिनुहुन्छ ईलाका बनका र्यलय पोखराकाबन रक्षक बेग बहादुर के सी । जंगल सफा हुन्छ, घाँस राम्रो पलाउँछ र साप सर्प पनि कम हुने भएकाले स्थानिय हरुले आगो लगाउँने गरेको बताउँनु हुन्छ प्र स नि कर्णविर चौधरी । उहाँ थप्नुहुन्छ यो सवै जनचेतनाको कमीका कारणले हो । हामी कहाँ उजुरी नै आउँदैन कसरी कसलाई कार्वाहीगर्ने जनताले सहयोग तथा सूचना नै नदिएपछि तर पनि अनुसन्धानकार्य भैरहेको चौधरी बताउँनु हुन्छ । वर्षेनीवन ढडेलो हुदाँ पनि जिल्ला वनकार्यालयलाई थाहाहुँदा सरोकार वाला निकायहरु चुपचापलाग्नु गैरजिम्मेवार भएको भन्दै उनले राष्ट्रिय वन आगो लगाउनेलाई तुरुन्त पत्तालगाई दोषीलाई कारवाहीगर्नु पर्ने बताए । जथा भावीवन फाडानी र आगो लगाउँदा थुप्रै धनजनको क्षतिहुने तथा भावीपुष्तालाई समेत असर पर्न जाने, पानीका मुहानहरु सुक्दै जाने भएकाले यस्ता व्यक्तिलाई कानूनी कारवाहीगर्नु पर्ने स्थानीयहरुको भनाई छ । जथा भावी वन जंगल फडानी, आगलागी रोकियो भने यसको निराकरण हुने हिमालय उ मा विका शिक्षक झुपीलालवि सी बताउँनु हुन्छ ।