उदय के.सी.
रुकुम, असार २२– रुकुम जिल्लाका उत्तर पूर्वी क्षेत्रमा पर्ने प्वाङ गाविसका चार वटा मुहानहरु असार दोस्रो साताभित्रएका एक सदाबहार पानीका मुहानहरु भारी बर्षात पछि सुकेका छन् । प्वाङ गाविसको वडा नं ३ मा पर्ने घुमे मुल, ८ मा पर्ने पेदीखोला, तिप्तारा, एवं नायगाडका मुहानहरु एक थोपापानी नभेटिने गरि सुकेका छन् । जतिसुकै सुख्खा खडेरी परेपनि नसुक्ने पानीकामुहानहरु यस पटक सुकेको देख्दा गाउँलेहरु तिन छक परेकामात्रै छैनन्, शुद्ध खानेपानीको समस्याबाट बञ्चितभएका छन् ।
पानी परेको बेलामा तथा नपरेको बेलामा पनि खोलानिकै धमिलो आईरहेकोले खाने पानीको विकल्प नरहेको र तुरुन्तै खानेपानीको ब्यवश्था गर्न पनि करिब ५ किलोमिटर भन्दा बढि पानी मुहान रहेको र योजना पनि महंगो हुने अँकलन छ गाविस सहायक कृष्ण बहादुर खड्काको । तत्कालै शुद्ध खानेपानीको बैकल्पिक ब्यवश्था गरिएनभने मानिसहरु खोलाको धमिलो तथा दुषित पानी खानबाद्यहुने र यस बाट झडापखाला, आउँमासी, पर्ने जस्ता समस्याहरु देखा पर्न सक्छ भन्नुहुन्छ प्वाङ गावि स स्थीत स्वास्थ्य चौकी प्रमुख सिनियर अहेब धनबहादुर के.सी ।
क्रमश पानीकामुहान सुक्दै जाने क्रम रहेको र उक्त कारण जथा भावीवन फडानी गर्ने, अनियन्त्रितबन डढेलो, खुल्ला चरिचरण गर्नाले जलवायु परिवर्तन हुन गएकाले यस्तो समस्या भएको र यसलाई नियन्त्रण गरिएनभने अभm बढ्न सक्ने चेतावनी दिनुहुन्छ ईलाका बनका र्यलय पोखराकाबन रक्षक बेग बहादुर के सी । जंगल सफा हुन्छ, घाँस राम्रो पलाउँछ र साप सर्प पनि कम हुने भएकाले स्थानिय हरुले आगो लगाउँने गरेको बताउँनु हुन्छ प्र स नि कर्णविर चौधरी । उहाँ थप्नुहुन्छ यो सवै जनचेतनाको कमीका कारणले हो । हामी कहाँ उजुरी नै आउँदैन कसरी कसलाई कार्वाहीगर्ने जनताले सहयोग तथा सूचना नै नदिएपछि तर पनि अनुसन्धानकार्य भैरहेको चौधरी बताउँनु हुन्छ । वर्षेनीवन ढडेलो हुदाँ पनि जिल्ला वनकार्यालयलाई थाहाहुँदा सरोकार वाला निकायहरु चुपचापलाग्नु गैरजिम्मेवार भएको भन्दै उनले राष्ट्रिय वन आगो लगाउनेलाई तुरुन्त पत्तालगाई दोषीलाई कारवाहीगर्नु पर्ने बताए । जथा भावीवन फाडानी र आगो लगाउँदा थुप्रै धनजनको क्षतिहुने तथा भावीपुष्तालाई समेत असर पर्न जाने, पानीका मुहानहरु सुक्दै जाने भएकाले यस्ता व्यक्तिलाई कानूनी कारवाहीगर्नु पर्ने स्थानीयहरुको भनाई छ । जथा भावी वन जंगल फडानी, आगलागी रोकियो भने यसको निराकरण हुने हिमालय उ मा विका शिक्षक झुपीलालवि सी बताउँनु हुन्छ ।