काठमाडौँ, १९ फागुन । राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडाँै रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ ।
कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल विभाग समक्ष प्रस्ताव गरेको आएको बताउँदै ती दुई मार्गको दुरी पनि फरक फरक रहेको जानकारी दिए । अध्ययन अनुसार एउटा मार्ग छोटो छ भने अर्को मार्ग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ ।
मिश्रले भने, ‘‘यी दुवै ‘एलाइनमेन्ट’ माथि अहिले छलफल भइरहेको छ, यसबारे नेपालको तर्फबाट टुङ्गो लगाएर दुईमध्ये एउटा प्रस्ताव ती कम्पनीलाई पठाइने छ ।”
प्रस्तावित छोटो दुरीको रेलमार्ग निर्माणका लागि चुनौतीपूर्ण रहेको छ । छोेटो दुरीमा उकालो र ओरालो बढी हुनसक्ने हुन्छ भने टनेलको निर्माण पनि आवश्यक हुनसक्छ ।