Indrenionline.com

नेकपाका नेता अधिकारीको निधन

काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार राति निधन भएको छ । फोक्सो र मुटु रोगबाट पीडित अधिकारीको ह्याम्स अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे निधन भएको हो ।

गएको माघ २४ देखि ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना भएका अधिकारीको विगत दुई सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा बिहान ९ देखि १२ बजेसम्म राखिने छ ।