Indrenionline.com

नेकपा नेता भरतमोहनको स्वास्थ्यावस्था जटिल बन्दै

काठमाडौ १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

ह्याम्स अस्पतालमा उपचार गराई भइरहेका अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको र हाल उनलाई भेन्टिेलेटरमा राखेर उपचार भइरहेको उनको स्वकीय सचिव महेश विष्टले बताएका छन् ।

स्वास्थ्यमा खराबी देखिएपछि पुस २३ गते उनलाई नख्खुस्थित मेडिसिटीमा अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँ उनको स्वास्थ्यमा सुधार नदेखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विगत १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको स्वकीय सचिव विष्टले बताए ।