काठमाडौं, १८ फागुन। बोक्सी आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रूपमा कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
आफूलाई बोक्सीको आरोपमा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी गरेपछि राजधानीमै बोक्सी आरोपमा महिलामाथि कुटपिट भएको घटना बाहिरिएको हो ।
कवितालाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामाले बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको पीडित महिलाको उजुरीका आधारमा प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको र जिल्ला अदालत काठमाडौंमार्फत मुद्दा चलाएको जनाए ।
‘पीडित महिलाको उजुरीपछि प्रहरीले आरोप लगाउने तथा कुटपिट गर्ने महिलालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर मुद्दा चलाइसकेको छ । थप अनुसन्धान जारी छ,’ परिसरका प्रमुख एसएसपी लामाले राजधानीसँग भने ।
पीडित महिलाले आफूलाई बोक्सी होस् भनेर कुटपिट गरेको र यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी मुद्दामा अनुसन्धान गरिरहेको परिसर काठमाडौंले जनाएको छ । राजधानीबाट
