Indrenionline.com

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सबैको निधन

काठमाडौं, ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। फुङलिङ नगरपालिका, १०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरे।