Indrenionline.com

अब बुढीगण्डकी परियोजना दु्रत गतिमा : अध्यक्ष प्रचण्ड

राजेन्द्र न्यौपाने
गोरखा, १५ फागुन । नेकपाका अध्यक्ष पुष्पकलम दाहाल –प्रचण्ड) ले बुढी गण्डकी परियोजना दु्रत गतिमा अगाडि बढ्ने बताएका छन् ।

जिल्लाको गण्डकी गाउँपालिका स्थित वडा नंं ७ को नव निर्मित भवन उद्घाटन पछिको कार्यक्रममा यस क्षेत्रका नागरिकहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने “म प्रधानमन्त्री भएको बेलामा बुढीगण्डकी परियोजना अगाडि बढाउनै पर्छ भनेर चिनियाँ कम्पनीसँग एमओयु हस्ताक्षर गरेर अगाडि बढाउन थालिएको र डुवानमा पर्ने र विस्थापित हुने किसानहरुलाई मुअब्जा वितरण पनि ठिक ढंगले गर्ने कामको सुरुवात भयो ।

सरकार फेरिने वित्तिकै बुढी गण्डकी परियोजना पनि के हुने हो भने जस्तो पनि भयो । तर अहिले फेरी बुढीगण्डकी परियोजना अगाडि बढाउने प्रकृयामा रहेको छ । मुअब्जाको काम सकिन लागेको छ ।

गोरखा र धादिङ जिल्लाका महत्वपूर्ण व्यापारीक क्षेत्रका मुअब्जा निर्धारण गरेर वितरण गर्न बाँकी रहेको र त्यसको छिट्टै मुअब्जा निर्धारण गरी जनअपेक्षा अनुसारको काम गरी परियोजना अगाडि बढाईनेछ । जनतलाई उचित लाग्ने मुअब्जा दिइने छ । हाम्रो पार्टीको सरकारले यो बुढीगण्डकी परियोजना अगाडि बढाउँछ, तपाईहरु कुनै द्वविधामा नपर्नु होला । ”