काठमाडौं–चैत दोश्रो हप्ताबाट काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरि मेला बारे जानकारी गराएको हो ।
चैत १४ देखि १८ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने मेलामा भारत पाकिस्तान, बंगलादेश , चीन, थाइल्याण्ड, म्यानमार लगायत मुलुकको सहभागिता रहनेछ । मेलामा ३ सय बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ ।
मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा स्टलहरु बुकिङ भईसकेको तथा नेपाली हस्तकला र एनटी आईएस बस्तुहरुको समेत गरि ५०स्टल बुकिङ भईसकेको महासंघले जनाएको छ ।
पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष भवानी राणाले मेलाले नेपाली उत्पादन र बस्तु विश्वसामु चिनाउनुको साथै विश्व बजारीकरणको लागि ठुलो सहयोग पुर्याउने विश्वास आफुहरुले लिएको बताइन् ।
नेपाल सरकार वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्ध केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा हरेक बर्ष क्यालेन्डर इभेन्टको रुपमा हुदै आएको यो मेला यस बर्ष भने लगानी सम्मेलनका कारण केही पछि सारिएको छ । मेलाको स्वदेशी र विदेशी गरी १ लाख बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन् । रातोपाटीबाट
