इन्द्रेणी संवाददाता
दाङ , १० फाल्गुन । गत माघ २४ गते सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका दाङका जनप्रतिनिधि तथा पाँच नम्बर प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ ।
दुर्घटनामा परि घाइते भएका सांसद वलीको उपचारका क्रममा काठमाडौको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
सांसद वली सवार गाडी गत माघ २४ गते दाङको मुसोट खोला नजिकै दुर्घटनामा परेको थियो । सांसद ओलीको दुर्घटना भएको १६ दिनसम्म कोमामै रहेका बेला शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो ।
