गलकोट, ८ फागुन । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साझ जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
घटनास्थलबाट १० जना घाइतेहरुलाई उद्धार जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये गम्भीर भएका ४ जनालाई पोखरा रेफर गरिएको छ भने बाँकी ६ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।