Indrenionline.com

आज राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७५ को अवसरमा आज सैनिक मञ्च टँुडिखेलमा विशेष समारोहको आयोजना गरिँदै छ । विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी र विशिष्ट अतिथिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनहुनेछ ।

त्यस्तैं, शहीद दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले विगतको परम्परालाई परिवर्तन गरी यसवर्षबाट शान्तिका दूत परेवाजोडी सैनिक जवानलाई नै उडाउन लगाउने निर्णय गरेको जानकारी मूल समारोह आयोजक समितिले दिएको हो ।

वीर शहीदहरुप्रतिको सम्मानमा बिहान सूर्योदयसँंगै सेनाले बिगुल (रिभ्याली) बजाउने, तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका सचिव प्रेम राईले बताए ।