सल्यान, ३ फागुन । सल्यानमा ६४ वटा कृषक समूहलाई अगुवा कृषक तालिम प्रदान गरिएको छ । उन्नत कृषि केन्द्र कपुरकोटले सल्यानसहित दाङ र रोल्पामा गठन भएका ६४ वटा कृषक समूहका अध्यक्षहरुलाई तालिम प्रदान गरेको हो ।
सल्यान जिल्लाको कपुरकोट गाउपालिका, त्रिवेणी गाउपालिकाको टुनिबोट र सल्लेखोला, रोल्पा जिल्लाको त्रिवेणी गाउपालिकाको बुढागाउ चक्री र तुलसीपुर उपमहानगरपालिका वडा नं.३ को राम्रीमा गठन गरिएका ६४ वटा कृषक समूहका अध्यक्षहरुलाई तालिम दिइएको हो ।