रेखा मगर
रोल्पा, २२ असार
प्रत्येक वर्ष वर्षायाम शुरु भएसंगै हिलाम्य हुने घोराही होलेरी सडकखण्ड यसवर्ष पनि हिलाम्य हुँदा आवागमनमा समस्या भएको छ ।
दाङबाट रोल्पाका होलेरी हुदै रुकुम, सदरमुकाम लिवाङ, जिल्लाका माथिल्ला भेग र प्यूठानको स्वर्गद्धारी जाने सवारीसाधन सहज रुपले सन्चालन हुन सक्ने अवस्था छैन ।
पानी र माटोले निकास नपाँउदा मोटरसाइलको यात्रा झनै जोखिमपुर्ण छ ।
कालोपत्रे गर्ने योजना अन्तर्गत अहिले उक्त सडकमा वाटो कटान गर्ने काम भएको छ । दाङको वाह्रकुने दहदेखि रोल्पाको नयाँगाँउसम्म डोजरले वाटो फराकिलो
जस्ले गर्दा यात्रामा पनि कठिनाइ हुने गरेको छ ।।