सन्तोष दहित
गोग्ली, २१ असार । दाङ लक्ष्मीपुर–४ गोग्लीकी ३५ वर्षिया सुनिता चौधरीलाई २०५९ सालसम्म कनै समस्या थिएन । घरमा श्रीमान थिए, घर खर्च चलाउनलाई श्रीमानले मिलाउथे । तर २०५९ मा श्रीमान असौरी चौधरीलाई तत्कालिन साहिनेपाली सेनाले घरअगाडी गोलि हानेर हत्या गरेपछि सुनितालाई घर खर्च चलाउनमा निकै धौ–धौ परेको छ । ‘घर चलाउन सबै उहाँकै भर थियो’ मारिएका श्रीमानको सम्झना गर्दै सुनिताले भनिन्– ‘घरकै मुली नभए कसरी घर चलाउने हैरान भएकी छु् ।’
मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) ले लक्ष्मीपुर गाविसमा संक्रमणकालिन न्याय तथा शान्ती प्रवद्धनका लागि स्थानिय क्षमता विकास कार्यक्रम अन्तर्गत द्धन्दपीडितका लागि संक्रमणकालिन न्याय तथा शान्ती मञ्च गठन गरेपछि त्यसमा आफू पनि आवद्ध भएको चौधरीले बताउनुभयो । त्यसको केही महिनापछि हरप्लेस दाङको र संक्रमणकालिन न्याय तथा शान्ति मञ्चको संयुक्त आयोजनामा २०७२ माघ २९ गते लक्ष्मीपुर गाविसमा द्धन्दपीडित र स्थानिय सरोकारवालाहरुको विचमा गाविस स्तरिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा हरप्लेसको पहलमा लक्ष्मीपुरका गाविस सचिव पुनाराम गिरीले द्धन्दपीडितलाई विशेष प्राथमिक्ता राखेर सीलाइकटाई तालिमको आयोजना गर्ने तालिममा आउन चाहने द्धन्दपीडितहरुको नामवली मागेपछि मैले त्यहाँ आफ्नो नाम दिएँ चौधरीले भन्नुभयो । त्यसपछि केहिदिनमा मैले आधारभुत सीलाईकटाई तालिम लिन पाएँ उहाँले थप्नुभयो ।
अहिले तीन महिना तालिम सीकेपछि आफ्नै घरमा साथीहरुसंग मिलेर सीलाइकटाई सेन्टर खोलेको चौधरीले बताउनुभयो । ‘पढ्न पनि सकिएन सधैभरि मजदुरी पनि गर्न सकिदैनन, त्यसैले सिलाइकटाई सिकेर घर खर्च चलाउन सजिलो होस् भनि यो पेशा रोजेकी हुँ’–चौधरीले भन्नुभयो– ‘तर त्यतिवेला सिलाइकटाई तालिम लिनको लागि आफुसँग एक सिक्को थिएन तर अहिले राम्रो भएको छ ।’ साथीहरुसँग मिलेर सिलाइकटाइ सेन्टर खोलेपछि घर खर्च चलाउन सजिलो भएको चौधरीको भनाइ छ । ‘सिलाईकटाइबाट केहि आएको पैसाले घर चलाउन पनि सजिलो भएको छ, दुई÷चार पैसा पनि देख्न पाइएको छ’– उहाँले भन्नुभयो ।