इन्द्रेणी संवाददाता
दाङ, १ फागुन । कम्प्युटर शिक्षामा सहयोग पु¥याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय घोराहीले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय घोराही दाङमै एक कार्यक्रमको आयोजना एकर एक थान कम्प्युटर हस्तान्तरण गरेको हो ।
बैंकले माध्यमिक विद्यालय खैरा, सौडियारको जनकल्यान प्राथमिक विद्यालय र वंगलाचुली गाउँपालिकाको माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकको शाखा प्रबन्धक पवनकाजी खत्रीले जानकारी दिए ।
खैरा माविमा प्रधानाध्याकप श्यामा रावत, जनकल्यान प्राविमा प्रधानाध्यापक शिवकुमार वली र मावि भेडावारी मुलावारीमा प्रधानाध्यापक खगराज लम्साललाई कम्प्युटर हस्तान्तरण गरिएको हो । शाखा प्रबन्धक खत्रीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शाखा प्रबन्धक खत्रीले बैंकले मनाफाका लागि मात्रै काम नगरेर सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको जानकारी दिदै बैंकको केन्द्रीय नीति अनुसार बैंकको केही रकम शिक्षा क्षेत्रमा लगानी गर्ने भएकाले सोही अनुरुप विद्यालयलाई कम्प्युटर प्रदान गरिएको बताए ।
कार्यक्रममा साहित्यकार पदमप्रशाद शर्मा, समाजसेवी सुशील लामिछाने, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक सिंह बुढाथोकीलगायतले आफ्ना विचार राखेका थिए । सो अवसरमा कम्प्युटर प्राप्त गर्ने बिद्यालयका प्रधानाध्यापकहरु स्यामा रावत, शिवराज वली, खगराज लम्सालले बैंकले प्रदान गरेको कम्प्युटरले विद्यालयको कम्प्युटर शिक्षामा थप सहयोग पुग्ने भन्दै धन्यवाद दिएका थिए । बैंककी कर्मचारी सुनिता शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बैंकका सहायक शाखा प्रबन्धक बालकृष्ण पराजुलीले गरेका थिए ।
