काभ्रेपलाञ्चोक, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताएका छन् ।
मन्त्री अधिकारीले वर्तमान सरकार मुलुकको समृद्धि, विकास र अग्रगतिका लागि काम गरिरहेको बताए । उनले सरकारले पाँच वर्षको अवधिमा जनतासँग गरेका वाचा पूरा गर्ने दाबी गरे ।
मन्त्री अधिकारीले तेमाललाई सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले निर्माण गर्न लागिएको तामाङ राष्ट्रिय सङ्ग्रहालयका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । रासस