Indrenionline.com

कैलालीमा गोली चल्यो, एक जना घाइते

कैलाली, १ फागुन । कैलालीमा प्रहरीले गोली चलाएको छ । कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए ।

हतकडी लगाएकै अवस्थामा फरार भएका उनलाई आज बिहान मात्रै प्रहरीले नियन्त्रणमा लिएको छ । अभियुक्त खोज्दा भाग्न थालेपछि एक राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर दमाइ सामान्य घाइते भएका छन् ।