इन्द्रेणी संवाददाता
काठमाडौं, १ फागुन । तत्कालिन नेकपा माओवादीले सशस्त्र जनयुद्ध थालनी गरेको दिन आज फागुन १ गते ।
अहिले तत्कालिन नेकपा एमाले र तत्कालिन एकीकृत नेकपा माओवादी एकीकरण भएको नेपाल कम्युष्टि पार्टी (नेकपा) ले पनि आज फागुन १ गतेका दिनलाई जनयुद्ध सुरुवात भएको दिवसको रुपमा मनाउदैछ ।
नेकपाले ७७ जिल्लामा आजको दिनलाई जनयुद्ध सुरुवात भएको दिवसको रुपमा मनाउन सर्कुलर समेत गरिसकेको छ ।