सल्यान, २९ माघ । गएको असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको सल्यानको कपुरकोट गाउँपालिकाले केहि योजनाहरु हिउँदे अधिवेशनबाट संशोधन गरेको छ ।
उनले गाउँसभामा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहन भत्ता ५ लाख रुपैयाँ छुट्याउने देखि चालु आर्र्थिक वर्षको हाल सम्म कार्यपालिका तथा अन्य विषयगत समितीहरुबाट भएका निर्णयहरु सभामा पेश गरेकि थिइन् ।
गाउँसभाका सदस्यहरुले ती प्रस्तावहरु सर्वसहमतीबाट अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारी दिए ।