काठमाडौँ, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ गतेलाई जनयुद्ध सुरु गरेको स्मरणस्वरुप दिवस मनाउने भएको छ ।
यही फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदको सम्मानमा श्रद्धाञ्जलि कार्यक्रमसहित दिवस मनाउने निर्णय भएको जनाइएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भएको छलफलमा पार्टीले यो दिवस मनाउने सहमति गरेको बताइएको छ ।