काठमाडौँ, २८ माघ । शिक्षाविद्हरूले सरकारलाई उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेर मात्रै संघीय शिक्षा विधेयकको तयारीमा जुट्न सुझाव दिएका छन् ।
सरकारलाई फागुन २१ गतेभित्रै संघीय शिक्षा ऐन जारी गर्नुपर्ने संवैधानिक समय सीमा छ । अर्कोतर्फ झण्डै एक महिना अघि आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको प्रतिवेदन पनि हालसम्म सार्वजनिक गरिएको छैन ।