सल्यान, २४ माघ। सल्यानमा आमाले आफ्नै चार वर्षीया छोरालाई विष खुवाई हत्या गरेको खुलासा भएको छ ।
गत २८ पुसमा बिहान आफ्नै घरमा छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रीमान् लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित व्यक्तिसँग फोन सम्पर्क गर्दै आएकी थिइन् ।
आफू अविवाहित हुँ भनी प्रेम सम्बन्ध राख्नका लागि खत्रीले आफ्नै छोराको हत्या गरेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए राजधानी दैनिकमा खबर छ ।