काठमाडौँ, माघ २३ गते । आज बस्ने प्रतिनिधिसभाको बैठकमा चारजना विभागीय मन्त्रीले सांसद्का प्रश्नमा जवाफ दिँदै छन् ।
आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सांसद्का प्रश्नमा जवाफ दिनेछन् ।