Indrenionline.com

नेकपाले भन्यो- भेनेजुएला प्रकरण : सार्वजनिक धारणा नै पार्टीको आधिकारिक धारणा

काठमाडौँ, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले भेनेजुएला प्रकरणबारे पार्टीले यसअघि राखेको धारणा नै आधिकारी भएको स्पष्ट पारेको छ ।

आज विहान १० बजे बसेको बैठकले पार्टीको नीति अनुरुपनै धारणा सार्वजनिक भएको हुँदा त्यसको कुनै खण्डन नभएको समेत दावी गरेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘भेनेजुएला बारेमा पार्टीको स्टेटमेन्ट जारी भैसकेको छ । हाम्रो पार्टीको नीति स्पष्ट छ । त्यसबारे भ्रम र गलत प्रचार नर्गन बैठकले आग्रह गरेको छ ।’

बैठकले स्थायी कमिटी बैठकबाट यसअघि बनेको ९ सदस्यीय कार्यदललाई अहिलेसम्म भएका प्रगतिबारेको प्रतिवेदन मंगलबार सचिवालयलाई बुझाउन निर्देशन दिएको समेत उनले जानकारी दिए ।