काठमाडौँ, १९ माघ । आज विश्व सिमसार दिवस विविध कार्यक्रमको आयोजना गरी बनाइदैछ । जलवायु परिवर्तन र सिमसार क्षेत्र भन्ने नाराका साथ आज शनिबार नेपालले पनि विश्व सिमसार दिवस मनाउन थालेको हो ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीका अनुसार जलवायु परिवर्तनको प्रत्यक्ष असरबाट बढी आक्रान्त भइरहेको नेपालका लागि यो नारा निकै सान्दर्भिक भएकाले विश्व जगत् पनि नेपाल लगायतका अति कम विकसित मुलुकको समस्यासँग परिचित छ र विश्व समुदाय चिन्तित छ भन्ने दिवसमा जनचेतना विस्तार गरिने छ ।