काठमाडौँ, १८ माघ । पटक पटक अनशन बसेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवा प्रवाहमा डा. गोविन्द केसीले अवरोध पु¥याएको भन्दै अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा त्रिविका प्राध्यापक डा। प्रदीप ज्ञवालीले डा। केसीको अनशनका कारण अस्पतालमा बिरामीलाई समस्या परेको बताए ।
उनले अनशनकै कारण अस्पताललाई करोडौँ रुपियाँ रकम घाटा भइरहेको बताए । हरेक अनशनका बेला अस्पताललाई दुई करोड रुपियाँ घाटा हुने गरेको भन्दै त्रिवि अन्र्तगतकै कर्मचारी भएर सरकारको विरुद्ध लाग्नु उचित नभएको बताए ।