काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट विना छलफल र बल प्रयोग गरी जवरजस्ती पारित गरिएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।
रिजालले बोले लगत्तै कांग्रेस सांसदहरुले उठेर प्रतिनिधिसभा बैठक अबरुद्ध गरे ।
सभामुख कृष्णवहादुर महराले कांग्रेसका माग पुरा भैसकेको भन्दै संसद अबरुद्ध नगर्न आग्रह गरे । कांग्रेसको अवरोधपछि संसद बैठक आगामी आइतबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।