Indrenionline.com

जागिरका लागि अब कम्प्युटरबाट परीक्षा

काठमाडौँ, १७ माघ । पहिलोपटक नेपालमा जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ ।

सरकारले हरेक स्थानीय तहका लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकको छनोटमा यस्तो प्रणालीको प्रयोग गर्न लागिएको हो ।

करारमा नियुक्त गर्न लागिएका संयोजकहरूको परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन सरकारले कम्प्युटरबाटै परीक्षा दिनुपर्ने व्यवस्था मिलाउन लागेको छ । रोजगार संयोजकका लागि दिइने आवेदन पनि पूर्णरूपमा अनलाइनमार्फत् नै भर्ने व्यवस्था छ ।