Indrenionline.com

अपहरित बालिका पैसा बुझाएपछि फिर्ता

काठमाडौँ, १२ माघ । कोटेश्वरको खरिबोटस्थित बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् ।

प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो । परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग सम्बन्ध रहेको बताए । अनुसन्धान भइरहेकाले वास्तविकता खुल्दै जाने उनको भनाइ छ ।

शुक्रबार बिहान घरबाटै अपहरणमा परेकी बालिकाको अपराह्न ४ बजे सकुशल फेला पारिएको थियो । परिवारले रकम बुझेपछि जनकपुरका अपहरणकारी मनिषकुमार गुप्ताले तिलगङ्गास्थित गणेश होटल अगाडि बच्चा छाडेर फरार भएका थिए । सादा पोशाकका ४० भन्दा बढी प्रहरी परिचालन हुँदा पनि गुप्तालाई पक्राउ गर्न सकेका छैनन् ।