बाजुरा, १० माघ । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जंगलमा चराउन लगेको अवस्थामा चट्याङ लागेर ५२ वटा भेडा मरेका छन् ।
चट्याङका कारण करिब पाँच लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरूले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए ।
चट्याङकै कारण रेडियो बाजुराको स्टेसनमा पनि क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेसिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताइन् । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण पनि बन्द भएको छ ।