Indrenionline.com

रुखबाट खसेर एक जनाको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, १० माघ । दाङमा रुखबाट खसेर एक जना बृद्धको ज्यान गएको छ ।

गढवा गाउँपालिका वडा नं. ५ बस्ने ७० वर्षिय देवबहादुर गिरीको नजिकैको जंगलमा घाँस काट्न गएको वेला रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।