वुटवल, १० माघ । नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ समितिले प्रदेशका अगुवा पत्रकारहरुसँग छलफल गरेको छ । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेका विधेयक, सरकारले निर्माण गरेको सञ्चार नीति, बनाउँदै गरेका विधेयक तथा कानूनहरुका सम्बन्धमा आधिकारीका धारणा तय गर्न सो छलफल गरेको हो ।
प्रदेश सभामा पेश भएको प्रदेश प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा सुझाव दिन मोहोन चापागाईको नेृत्वमा अर्जुन गिरी, सुदिप गौतम, दिनेश पाण्डे, भोषराज पाण्डे सदस्य रहनुभएको छ भने छापाखाना र प्रकाशन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा आवश्यक सुझाव दिन डिआर घिमिरेको नेतृत्वमा बनेको समितिमा दिपक ज्ञवाली, प्रताप रेग्मी, झलक गैरे र नवराज कंवर सदस्य रहेका छन् ।
समितिले आवश्यक सुझाव तयार गरी नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ मा बुझाउने र सो कुरा सम्बन्धित मन्त्रालय, सरकार र प्रदेश सभा सदस्य र सम्बन्धित समितिसँग आवश्यक परामर्श गरी शंसोधनका लागि अनुरोध गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ का अध्यक्ष मौसम रोकाले जानकारी दिए ।