इन्द्रेणी संवाददाता
दाङ, १० माघ । दाङको घोराहीमा आजदेखि शुरु ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ शुरु हुँदैछ । महात्सवको उद्घाटन दिउँसो १ बजे कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले गर्दैछन् ।
‘कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराहीस्थित कृषि समाग्री कम्पनीको प्रांगनमा शुरु हुने महोत्सवमा विभिन्न पोल्ट्री सम्बन्धी स्टल रहेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीको मूल आयोजनामा हुने महोत्सव माघ २० गतेसम्म चल्ने छ ।