सप्तरी, ९ माघ। सप्तरीको रुपनी गाउँपालिकामा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ ।
आज जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको हो । चौधरीको टाउकोमा गोली लागेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
