इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । दाङमा प्रहरीले चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले विभिन्न समयमा घरमा कोही नभएको मौका छोपी नगद, सुन चाँदी, मोवाइल क्यामरालगायतका समाग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको हो ।
यसैगरी तुलसीपुर ७ खर्चवा वस्ने वर्ष २० को तिलक चौधरीलाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।