पाल्पा, ८ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताएका छन् ।
उनले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको बताए । वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको उनको आरोप थियो । रासस