काठमाडौं । ३३ किलो सुन तस्करी मुद्दाको विषयलाई लिएर उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल कारबाहीमा परेका छन् । न्यायपरिषद्को सोमबार बसेको बैठकले भुर्तेललाई जिम्मेवारीमुक्त गराउँदै छानबिनका लागि न्यायपरिषद्मा हाजिर गराउने निर्णय गरेको हो ।
३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांश अभियुक्तलाई उच्च अदालतले धरौटीमा धमाधम छाडेको थियो राजधानीमा खबर छ। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्च अदालतले उनीहरूलाई धरौटीमा छाडेपछि त्यसको आलोचनासमेत भएको थियो ।