इन्द्रेणी संवाददाता
असार , २१ दुवाई । रोजगारीको शिलशिलामा युएइ को Nestle Dubai Manufacturing (UAE) मा कार्यरत ६८ जना नेपाली कामदारहरुले आर्थिक संकलन गरि सिन्धुपाल्चोक गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाख ४७ हजार पाँच सय रुपैँया संयुक्त रुपमा सहयोग गरेका छन् ।
विनासकारी महाभूकम्पबाट पीडित भएका पीडितलाई सहयोग अभियान चलाउदै आएको धुर्मस सुन्तली फाउण्डेसनले भूकम्प पीडितको उद्धार र विकासको नमूनाका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिसकेकाले थोपा थोपा गरेर अर्थ संकलन भइरहेको फाउण्डेसन लाई आफुहरुले पनि सहयोग गरेको आचार्यले वताए ।