Indrenionline.com

प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड प्रस्थान गर्दै

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्विट्जरल्याण्ड जाँदैछन् । डाभोसमा माघ ८ देखि ११ गतेसम्म हुने विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन ओली स्विट्जरल्याण्ड प्रस्थान गर्न लागेका हुन् ।

सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक भाग लिन लागेको छ । प्रधानमन्त्री ओलीले बैठकका दुई वटा सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो सातदिने भ्रमणमा साइडलाइनमा विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग महत्वपूर्ण भेटघाट हुन सक्ने पनि बताइएको छ ।