Indrenionline.com

दाङका मनकारी युवा जसले गरे मृत्यु जितेका कृष्णलाई आर्थिक सहयोग

केशरमान बुढाथोकी

माघ ।  मानिसको जीवन साँच्चिकै विसंगतिपूर्ण हुन्छ । कतिबेला कसलाई खै के हुन्छ पत्तै पाइन्न । कुनै पनि मानिसले जे सोचेको हुन्छ त्यो भैदिन्न तर जे सोचेकै हुन्न त्यो हुनपुग्छ कहिलेकाही । यस्तै नियति र समयको दास भएका  रुकुमको सानीभेरी गाउँपालिका ९ का कृष्ण ओली जसले मृत्यु त जिते तर आधा शरीर मात्र लिएर । अहिले उनको जीवन पूर्ण छैन । छ त केवल आधा शरीर र पुरा आत्मा । यहि आधा शरीर संग आत्मा बिश्वासका साथ जीवन जिउन प्रयत्न गर्दै छन् । उनको जीवन पूर्ण बनाउने छिन उनकी जीवन सारथी  रुपा ।

रुकुमको दुर्गम गाउँको एक किसान परिवारमा जन्मिएका कृष्ण र रुपा एक अर्कालाई औधी मायाँ गर्थे यहि मायाको उत्कर्स उनीहरुले गरे प्रेम बिबाह अनि आफुले दिन रात श्रीमतीलाई नर्स बनाउछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीको अहिले दुवै हात र बायाँ खुट्टा छैन् । यी युवा लाई यतिबेला खाँचो छ कृतिम हात र खुट्टाको ।

यस्तै कारुणिक भिडियो सामाजिक संजालमा हेरेर यी जोडीलाई सहयोग गर्ने को लर्को नै लागेको छ । यसै बेला यी जोडीको आलो घाउमा मलम लगाउन दाङबाट राजधानी पुगे युवा व्यावसायी लेखराज डिसी अनि गरे आफ्नो गच्छे अनुसार रु २० हजार सहयोग । अनि सामाजिक संजालामै गरे सबैलाई आर्थिक सहयोग गर्न अपिल ।

एक कृष्ण वर्ष पहिले मात्रै विवाह बन्धनमा बाँधिएका यी जोडीको अब कृतिम  हात र खुट्टा जोड्न इच्छा पुरा होस् भन्दै व्यवसायी डिसीले सबैसँग सहयोगको अपिल  गरेका छन् । घरको आर्थिक अवस्था निकै कम्जोर रहेका कृष्ण र रुपाको डेरामै पुगेर उनको आँसुमा आँसु थपेका डिसीले ती दम्पत्तीको डेरामा मन थाम्न सकेनन र गरे थप सहयोग गर्ने प्रतिज्ञा । अनि निस्के कृष्णको डेराबाट भारी मन बनाउदै । घाइते कृष्ण ओलीको हाम्रो पनि शिघ्र स्वास्थ्य लाभको कामना अनि धन्यवाद दाङका मनाकाई युवा डिसीलाई ।