Indrenionline.com

बिहेको निम्ता बोकेर गएका छिमेकीको हँथौडाले हानेर हत्या

सल्यान, ५ माघ । सल्यानमा हँथौडा प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ ।

शिद्धकुमाख गाउँपालीका– २ सल्लाघारी निवासी ४७ वर्षीय शालीकराम चलाउनेले सोही ठाउँका ४२ वर्षीय यमन बोहरालाई हँथौडा प्रहार गरी हत्या गरेका हुन् ।

छोराको बिहेको निम्ता दिन चलाउनेको घर पुगेका बोहरालाई हँथौडाले हान्दा उनको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।