रोल्पा, ४ माघ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घरउज्यालो बनाउने आस्वासन दिएका छन् ।
“जिल्लाका लुङ्ग्री, माडीजस्ता नदीबाट विद्युत् उत्पादन हुने गरी सम्भाव्यता अध्ययन भइसकेकाले उत्पादनको काम अगाडि बढाउँछौँ”, मन्त्री पुनले भने । हरेक वडामा विद्युत् विस्तार गर्ने गरी चालू आवमा २९ करोडको टेण्डर भइसकेको र थप रु ३२ करोडको अर्को टेण्डर गर्ने गरी प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।