Indrenionline.com

ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि गोली प्रहार

सप्तरी, ३ माघ। सप्तरीको खडक नागरपालिका, बोदे बरसाइन सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि गोली प्रहार भएको छ । उनीमाथि बुधवार साँझ अज्ञात समूहले गोली प्रहार गरेको हो ।

प्रहरी हवल्दार महेन्द्र सरदारलाई गोली हानेर समूह फरार भएको छ । घाइते हवल्दार लक्ष्मीपुर प्रहरी चौकीमा दरबन्दी भई हाल विष्णपुरमा कार्यरत रहेको बताइएको छ ।

प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिन सबै नाकाहरु सिल गरेर खोजी कार्य तीब्र पारिएको छ ।
घटनास्थलबाट प्रगतिशील तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ ।