इन्द्रेणी संवाददाता
दाङ, ३० पुस । सभामुख कृष्णबहादुर महराले माघी पर्वको सबैलाई सुभकामना दिएका छन् । सोमवार एक विज्ञप्ति जारी गर्दै थारु समुदायको विशेष पर्वको रुपमा रहेको माघे सक्रान्ति पर्वमा थारु मगरलगायतका आदिवासी जनजाति समुदायलाई शुभकामना दिएका हुन्
यस पर्वले सबै जातजाति, समुदाय र नेपालीमाझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु समेत विज्ञप्तिमा उल्लेख छ ।