Indrenionline.com

मन्त्रीले सचिवलाई कुटेपछि छानविन समिति गठन

जनकपुर, ३० पुस । प्रदेश नम्बर २ का आर्थिक मामिलामन्त्री विजय यादव र पर्यटन तथा वन मन्त्रालयका सचिव निद्यानाथ झाबीच आइतवार कुटाकुट भएपछि यसको छानविनका लागि समिति गठन भएको छ ।

प्रदेश मन्त्रिपरिषद्बैको आइतवार नै वसेको आकस्मिक ठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको घटनाको छानबिन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेद्र यादवको संयोजकत्वमा समिति गठन गरेको हो।

छानबिन समितिको सदस्यमा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य रहेका छन् ।
आइतबार दिउँसो आर्थिक मामिला तथा योजनामन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव झालाई आफ्नै कार्यकक्षमा झापड हानेका थिए।