काठमाडौँ, २९ पुस । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको आज आइतवार बसेको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ ।
बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेका थिए । अब अर्को बैठक माघ ४ गते शुक्रबार दिउँसो १२ बजे बस्नेछ ।